छाती दुखेमा यस्तो गर्नुहोस् ः
–हृदयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ.सि.जी. गर्ने।
–हृदयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।
–दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।
–जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।