• मंसिर १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी, के-के गर्दैछन् ?

मंसिर १० २०८१, सोमबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको हो ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हुनेछ ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने बुझिएको छ ।