• मंसिर १० २०८१, सोमबार

नेपाल एयरलाइन्सले माथिल्लो दरमा अन्तर्राष्ट्रिय हवाई टिकट नबेच्ने

मंसिर ९ २०८१, आईतवार

९ मंसिर, काडमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो । ‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यसबाट यात्रुलाई सहज हुने विश्वास छ ।’

निगमले उपलब्ध गराएको भाडा दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारबाही गर्न सप्रमाण जानकारी गराउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ कात्तिकदेखि विभिन्न निर्माणका काम जारी रहेका कारण दैनिक १० घण्टा उडान बन्द हुँदै आएको छ । यही मौकामा हवाई टिकटमा ठगी र कालोबजारी भइरहेको गुनासो यात्रुबाट आएपछि सरकारले सबै अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई भाडा पुनरालोकन गर्न आग्रह गर्दै आएको छ ।