• मंसिर ९ २०८१, आईतवार

दुर्गा प्रसाईँलाई अदालत लगियो

मंसिर ९ २०८१, आईतवार

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ ।यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि पुन म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।

गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि उनी पक्राउ परेका थिए । साइवर अपराधसहित सम्पत्र् िशुद्धीकरणमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ ।