काठमाडौँ । दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ । जब तपाईं तनावमा हुनुहुन्छ । त्यसको समाधानको लागि सबैभन्दा पहिले यसको कारण खोज्नुहोस् । यदि सुरुमै कारण खोज्न सक्नुभएन भने यसले तपाईंलाई तनाव सिर्जना गराइरहन सक्छ । यसरी कारण पत्ता लगाइसकेपछि त्यो तनावको कारणलाई हटाउने प्रयास गर्नुहोस् । यसको लागि सबैभन्दा सजिलो तरिका भनेको कुनै कागजमा यी समस्याको बारेमा नोट गर्नुहोस् र यसलाई पटकपटक याद गरिरहनुहोस् ।
उद्देश्यप्रतिको दृष्टि
तनावबाट मुक्त हुने अर्को उपाय भनेको आफ्नो उद्देश्यलाई सम्झिरहनुहोस् । जिन्दगीमा तपाईंले के चाहनुभएको छ रु त्यसलाई कहिलै नबिर्सिनुहोस् । जब तपाईंको लक्ष्य सधैं तपाईंको सामु रहन्छ, तपाईंले तनाव लिएर आफ्नो समय बर्बाद गर्नुहुन्न । त्यसैले, यदि तपाईंले तनावको सामना नगर्नको लागि सबैभन्दा पहिले तपाईंको लक्ष्य तय गर्नुहोस् र त्यसको प्राप्तिको लागि केन्द्रित हुनुहोस् ।
भावनामा नियन्त्रण
यदि तनावले भावनामाथि नियन्त्रण गर्न सक्नुभएको छ भने तनाव पनि नियन्त्रण गर्न सक्नुहुनेछ । भावनालाई नियन्त्रणमा लिनको लागि शान्त रहनुहोस् र अगाडि बढ्नुहोस् । किनकि भावनालाई नियन्त्रण गर्दा तपाईंको दिमागमा तनाव सिर्जना हुने सबै किसिमका विचारहरु हटेर जानेछ । जसले तपाईंका तनाव कम गर्न मद्धत गर्ने गर्छ ।
आफ्नो सकारात्मक पक्षलाई केलाउनुहोस्
कहिलेकाहीँ तपाईंहरुलाई लाग्छ कि तपाईंसँग केही छैन । जबकि यो बिल्कुल गलत कुरा हो । तर तपाईंले आफ्नो सकारात्मक पक्षलाई मात्रै केलाउनु हुन्छ भने तपाईं चिन्तामा डुब्नुहुन्न ।
समाधानको बारेमा सोच्नुहोस्
तनावबाट मुक्ति पाउने सबैभन्दा उपयुक्त कुरा भनेको समाधानको बारेमा सोच्नु हो । जब तपाईं तनाव महसुस गर्नुहुन्छ, तुरुन्तै यसको समाधानको बारेमा सोच्नुहोस् र यसलाई तपाईंको बानी बनाउनुहोस् ।
कमी कमजोरीलाई स्वीकार गर्नुहोस्
तनावले सामान्यतया तपाईंलाई पराजित महसुस गराउँछ । यसले तपाईंलाई लाग्छ कि यसमा तपाईंले अझै राम्रो गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा पहिले आफ्नो कमी कमजोरीलाई स्वीकार्नुहोस् । त्यसपछि यसलाई सुधार गर्नको लागि काम गर्नुहोस् । जतिबेला तनाव हुन्छ । त्यतिबेला आफ्नो कमजोरी स्वीकारेर अघि बढ्नुभयो भने धेरै हदसम्म यसले तनाव कम गर्न सक्छ ।
खराब स्थिति सामना गर्ने साहस
तनाव पूरा तरिकाले गायब हुन्छ जब हामी समस्या समाधानको लागि साहस उठाउँछौं । यस्तो साहसले खराबभन्दा खराब स्थिति सिर्जना हुन सक्छ । तर त्यो दीर्घकालीन होइन भनेर सामना गर्न सक्नुपर्छ । जसले सधै्रंको लागि तनावबाट मुक्ति दिन्छ ।