• मंसिर ९ २०८१, आईतवार

रोजगारीको माग्दै मधेश आन्दोलनका शहीद परिवारले गरे प्रदर्शन

मंसिर ८ २०८१, शनिबार

मंसिर ८, काठमाडौं । मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहीद भएका थिए ।

सात वर्षअगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक–एक जनालाई रोजगार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालयअगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् ।

शहीद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे ।