• मंसिर ८ २०८१, शनिबार

पर्यटकलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

मंसिर ७ २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उनले दरबारमार्गमा भएको जागरणसभामा सार्वजनिक रूपमा नेपाल भ्रमण गर्न निम्तो दिएका हुन् ।

‘नेपाल शान्तिको देश हो तपाईं यहाँ सुरक्षित हुनुहुन्छ । आउनुहोस् नेपाल भ्रमण गर्नुहोस्,’ उनले भने ।

सन् २०२५ भ्रमण वर्ष मनाउँदै गरेको र त्यसलाई सफल पार्न तीव्र तयारी गर्न उनले आग्रह गरे । उनले अहिले सकेसम्म ऋण लिने नचाहेको बताए । ‘सकेसम्म कतैको पनि ऋण लिन चाहदैनौँ । ऋण थुपार्ने अवस्था पनि छैन । आफ्नो उत्पादन बढाउन चाहन्छौँ,’ प्रधानमन्त्री ओलीले भने ।