• मंसिर ८ २०८१, शनिबार

नाकबाट रयत बग्नुका कारण

मंसिर ७ २०८१, शुक्रबार

नाकबाट रयत बग्नुका कारण

-नाकमा चोटपटक लाग्नुमा सानोदेखि ठूलो दुर्घटना पनि हुनसक्छ । जस्तो कि बच्चाहरूमा धेरै नाक कोट्याउने बानी हुन्छ । नाक कोट्याउँदा नसामा घोचेमा नसा फुटेर रगत बग्न सक्छ । त्यस्तै, कतै लड्दा वा सडक दुर्घटनामा पर्दा कुरकुर हड्डीमा प्वाल पर्दा पनि रगत आउँछ ।

-पिनास, एलर्जीका कारण रुघाखोकी बढी लाग्ने गर्छ । यस्तोमा नाक पनि टालिन्छ । जबरजस्ती सिंगान तान्न वा फाल्न खोज्दा रगतको नसामा असर गरी रगत बग्न सक्छ ।

-जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम सुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ । यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ ।

-बच्चाहरू खेल्ने क्रममा गहुँ जस्ता अन्नको दाना, कागज, इरेजरको टुक्रा नाकमा छिरेर आफैं निकाल्न खोज्दा घाउ भएमा पनि यो समस्या हुने गर्छ ।

-सामान्यतया, चिसो मौसममा नाकको माध्यमद्वारा भित्र जाने हावाले नाकभित्र रहेको झिल्लीलाई सुक्खा बनाएमा नाक पोल्न तथा नाकको भित्री भागमा बेस्सरी चिलाउन थाल्छ । जसले गर्दा नाकबाट रगत बग्न थाल्छ ।