मंसिर ६, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भएबमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनले भने, ‘दिल्ली, मुम्बई र बैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सय सम्म र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र नारिताका लागि बजार भाडादरमा पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ ।’