• मंसिर ५ २०८१, बुधबार

कच्ची सडक र ओभरलोडले कर्णालीमा अत्यधिक दुर्घटना, ५ वर्षमा ६६६ को मृत्यु

मंसिर ५ २०८१, बुधबार

५ मंसिर, सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका–३, मा गत २६ कात्तिकमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । १३ जना गम्भीर घाइते भए । दुई वर्षअघि ट्रयाक खुलेको सडकमा खिनबाट पलाँता जाँदै गरेको जिप उकालो चढ्न नसक्दा सडकबाट ५०० मिटर तल खसेको थियो । प्रहरीका अनुसार कर्णाली १ ज ५६ नम्बरको ६ जना यात्रुको सिट भएको जिपमा चालकसहित २० जना थिए ।

२३ कात्तिकमा दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्ला नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो, २५ जना घाइते भए । १५ सिटको उक्त गाडीमा ३४ जना सवार रहेको प्रहरीको भनाइ छ ।