• मंसिर ४ २०८१, मंगलवार

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस–एमाले नेताहरू छलफलमा

मंसिर ४ २०८१, मंगलवार

मंसिर ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक स्थगित गरेर छलफलमा जुटेका छन् । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस महामन्त्री गगन थापा बालुवाटार बैठकमा छन् ।

बैठकमा एमालेका अध्यक्षसमेत रहेका ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंले प्रधानमन्त्रीको चीन भ्रमणलगायत समसामयिक विषयमा छलफल भइरहेको बताए ।