• मंसिर ४ २०८१, मंगलवार

अनुसन्धान गर्न दुर्गा प्रसाईंलाई साइबर ब्यूरो पठाइयो

मंसिर ४ २०८१, मंगलवार

४ मंसिर । प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीर अस्पतालमा स्वास्थ्य जाँच पश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
उनका अनुसार उनीमाथि प्रधानमन्त्री ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको बताएको छ ।

उनले हिजो मात्र केपी ओलीको कम्बोडियामा अर्बौंको लगानी रहेको बताएका थिए । ओलीको लगानी भएको वा नभएको प्रहरीको छानबिन पछि मात्र थाहा हुनेछ ।