काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसैबीच पूर्वसभामुख ढुंगानाको निधनको शोकमा सरकारले आज सोमबारलाई सार्वजनिक बिदा दिएको छ ।