काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने भएको छ ।
सो पार्टीका काठमाडौँ जिल्ला संयोजक प्रदिप विष्टले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने जानकारी दिए ।
रास्वापाले काठमाडौँ महानगरपालिका–१६ भने उम्मेदवारी दिने भएको छ । सो वडामा रोजिना श्रेष्ठलाई उठाउने निर्णय भएको विष्टले जानकारी दिए ।