• कार्तिक २९ २०८१, बिहीबार

चिनीका फाइदै फाइदा

कार्तिक २८ २०८१, बुधबार

चिनी स्वादका लागि मिठो मात्र होइन मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । यस्ता छन् फाइदा :

– चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ ।

– चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउछ । चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हद सम्म कम हुन्छ ।

– घामले डढेको छालालाई समेत चिनि उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

-चिनिको प्रयोगले कालो ओठलाई गुलाबी बनाउन समेत मद्धत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा