• मंसिर १२ २०८१, बुधबार

सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट

कार्तिक २७ २०८१, मंगलवार

२७ कात्तिक, काठमाडौं । संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई आफ्नो सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गरेका हुन् ।

उनले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् । अनलाइनखबरले १४ भदौ २०८१ मा सांसदका स्वकीय सचिव, ८ कक्षा पढेकालाई अधिकृतको तलब शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसैलाई आधार मान्दै अधिवक्ता शर्माले सांसदको स्वकीय सचिवालयमा रहने कर्मचारीहरूको मापदण्ड तोक्ने कानुन बनाउन आदेशको माग गरेका हुन् ।