२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति हुन नहुने बताएका छन् । बालुवाटार पुगेका जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीह?सँग प्रधानमन्त्री ओलीले मुलुक धर्म निरपेक्ष रहेको सम्झाए । ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ ।
अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दु?पयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराह?लाई हामी क्रमशः नियन्त्रण गर्छौ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न हुँदैन ।’प्रधानमन्त्री ओलीले धर्म व्यक्तिगत रोजाइ र आस्थाको कुरा भएकाले सम्मान गरिने पनि बताए ।