• मंसिर १२ २०८१, बुधबार

वैदेशिक रोजगारको नाममा १२ लाख ठगेको आरोपमा ३ जना पक्राउ

कार्तिक २६ २०८१, सोमबार

२६ कात्तिक, काठमाडौँ । वैदेशिक रोजगारको आवरणमा ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा घर भएका ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ घर भएकी २२ वर्षीया सिता बुढा र झापा घर भएका २६ वर्षीय मनिश खड्का छन् ।

केसीले ४ जना पीडितलाई क्रोएसिया पठाउँछु भनेर ८ लाख २५ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

भक्तपुरको सूर्यविनायक बस्दै आएकी बुढाले युके पठाउँछु भनेर २ लाख र मनिश खड्काले क्रोएसिया पठाउँछु भनेर २ लाख २५ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।