• मंसिर १२ २०८१, बुधबार

यौन दुव्र्यवहारको आरोपमा सिभिल अस्पतालका डाक्टर पक्राउ

कार्तिक २६ २०८१, सोमबार

२६ कात्तिक, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ । सहकर्मी डाक्टरले नै यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।

बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए । ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने ।