• मंसिर ११ २०८१, मंगलवार

प्यालेष्टिनीमाथि इजरायली नरसंहार विरुद्ध काठमाडौंमा प्रदर्शन, प्रहरीले ज्ञापनपत्र बुझाउन दिएन

कार्तिक २६ २०८१, सोमबार

काठमाडौं । प्यालेस्टानमा इजरलायलले निर्दोषमाथि गरिरहेको लगातार आक्रमण विरूद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
प्यालिस्टिनीमाथि इजरायलबाट भएको जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा राजनीतिक दलका नेताहरू, बृहत नागरिक आन्दोलनका प्रतिनिधिहरू, सामाजिक जीवनका सम्मानित व्यक्तित्वहरू, मानवअधिकारवादी संगठन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागी छ ।

शान्तिपूर्ण प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका महासचिव देव गुरूङ पनि सहभागी थिए ।

शान्तिबाटीकाबाट शान्तिपूर्ण मार्च गर्दै लाजिम्पाट पुगेर इजरायली राजदूतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । त्यसतर्फ अगाडि बढ्दै जाँदा प्रहरीले बीचबाटो बाटै फर्काइदिएको छ ।

अब हुलाकमार्फत् ज्ञापनपत्र बुझाउने अभियानको तयारी छ । साथै मंसिर ८ गते माइतीघरमा प्रदर्शन गर्ने पनि बताइएको छ ।