काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अख्तियार पूर्वहरुकर्मचारीको क्लब बनेको आरोप लगाएका छन् । उनले अख्तियार पूर्वकर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए ।
सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । सिंहले प्रम कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत बताए । उनले भने, ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफै भ्रष्टाचारको अखडा बनेको छ ।’
उनले भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत आरोप लगाए ।