• मंसिर ११ २०८१, मंगलवार

प्रजनन् क्षमता बढाउने खानेकुरा

कार्तिक २६ २०८१, सोमबार

गाईको घिउ
गाईको घिउले पुरुषको प्रजनन् क्षमता बढाउँछ । घिउमा पाइने पोषक तत्वले पुरुषमा शक्ति बढाउने काम गर्छ । यसमा फाइटोन्युट्रिएन्स अर्थात् प्रजनन् क्षमता बढाउने तत्व पाइन्छ । प्रतिदिन दुईदेखि तीन चम्चा गाईको घिउ सेवन गर्दा प्रजनन् क्षमता बढ्छ ।

त्रिफला र जाइफल
त्रिफला र जाइफलको नियमित सेवनले पुरुषको प्रजनन् क्षमतामा सुधार ल्याउँछ । त्रिफलाले हर्मोनल असन्तुलनलाई नियन्त्रण गर्नुका साथै डिप्रेसन तथा एन्जाइटीजस्ता रोगबाट समेत बचाउन सहयोग गर्छ ।

अमला
प्रजनन् क्षमता कजोर भएका पुरुषले अमलाको सेवन गर्नु फाइदाजनक मानिन्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले वीर्य बढाउने काम गर्छ । अमलाको सेवनले वीर्यलाई तीव्र गतिमा अण्डकोषतिर प्रवेश गराउँछ । पुरुषले साताको तीन-चार पटक अमला खाए प्रजनन् क्षमता बढ्छ ।

फर्सीको बीउ
फर्सीको बीउमा जिंक पाइन्छ । यसको सेवनले वीर्यको गुणस्तरमा सुधार ल्याउँछ । जिंकले वीर्य बिग्रिनबाट बचाउने काम गर्छ । बीउमा एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइने भएकाले टेस्टोस्टेरोनको मात्रालाई स्वस्थ र मजबुत राख्न मद्दत गर्छ ।

अश्रगन्धा
अश्रुगन्धामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट, एन्टि इम्फ्लेमेन्टरी र एन्टि ब्याक्टेरियल गुण पाइन्छन्, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । अश्रुगन्धामा फाइबर, प्रोट्रिन, कार्र्बोहाइड्रेट, आइरन, क्याल्सियम र भिटामिन सी पाइन्छ । यसको नियमित सेवनले प्रजनन् क्षमता बढाउन सहयोग गर्छ ।

सन्तुलित भोजन
प्रजनन् क्षमतालाई बचाइराख्न र बढाउनमा सन्तुलित भोजनको महत्वपूर्ण भूमिका हुन्छ । सन्तुलित र ताजा खानासँग फलफूल, तरकारी, नरिवल, दूध, बदाम, ओखर, खजुरजस्ता खानेकुराले प्रजनन् क्षमता बढाउन सहयोग गर्छन् । यी खाद्यपदार्थले शुक्रकीट बढाउन मद्दत गर्छन् ।