• मंसिर ११ २०८१, मंगलवार

रवि लामिछानेलाई थप अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति

कार्तिक २५ २०८१, आईतवार

कात्तिक २५, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ ।

कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले जानकारी दियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।