• मंसिर ११ २०८१, मंगलवार

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

कार्तिक २५ २०८१, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

रविविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद आज सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।  १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।

प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।

पोखरामा आज पनि लामिछानेको पक्षमा रास्वपाले प्रदर्शन गर्ने भएको छ ।