• मंसिर १२ २०८१, बुधबार

पाथिभरा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा दोहोरो झडप

कार्तिक २३ २०८१, शुक्रबार

कात्तिक २३, काठमाडौं । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० काफ्लेपाटीमा झडप भएको छ ।

पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।

केबलकार निर्माणका लागि आवश्यक पर्ने सामग्री लैजान अवरोध भएपछि मजदुरहरू प्रतिकारमा उत्रिँदा झडप भएको प्रहरीले जनाएको छ ।

पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलित छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने उनीहरूको बुझाई छ । झडपमा केही घाइते भए पनि क्षतिको विवरण आउन बाँकी छ ।