काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।
मंगलबार साँझ एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू लाई ५ किलो ७ सय ग्राम सुन सहित पक्राउ गरिएको हो ।
उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको नेपाल सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।