पेटमा जम्मा भएको बोसो यसरी घटाउनुहोस् ः
एरोबिक्स
तौल कम गर्नको लागि योग र डाइटिङ बाहेक एरोबिक्स पनि उत्तिकै आवश्यक छ । एरोबिक्सले पेटको बोसो कम गराउँछ ।
काब्रोहाइड्रेट
काब्रोहाइड्रेटयुक्त खानेकुराले पेटको बोसो कम गर्न मद्दत गर्छ । हरेक दिन ५० ग्रामभन्दा बढी काब्रोहाइड्रेटयुक्त खानेकुरा खानुहुँदैन । यो भन्दा बढी मात्रामा काब्रोहाइड्रेट युक्त खाना खाँदा मधुमेह, पाठेघरमा समस्या आउँछ । काब्रोहाइड्रेटको मात्रा मिलाएर खाने हो भने १७ प्रतिशत पेटको बोसो कम हुन्छ ।
तेल
शरीरमा बोसोको मात्रा कम गर्न खानेकुरा पकाउँदा प्रयोग हुने तेल परिवर्तन गर्नुपर्छ । अनुसन्धानका अनुसार नरिवलको तेलले पेटको बोसो कम गर्न मद्दत गर्छ । शरीरमा चिनीको मात्रा कम गर्नको लागि नरिवलको तेल फाइदाजनक हुन्छ । एउटा अनुसन्धानका अनुसार नरिवलको तेलमा बनेको खानाले तपाईंको पेट १।१ इन्चसम्म कम गर्छ ।
माछा
कुखुराको मासु, खसीबोकाको मासु र अन्य मासुभन्दा माछा खानु निकै फाइदाजनक हुन्छ । यसले शरीरको तौल कम गर्नुका साथै तपाईको शरीरमा अन्य फाइदा पनि गर्छ ।
प्याकिङ जुस
बजारमा पाइने प्याकिङ गरिएको जुसले बोसो बढाउँछ । यसको सेवन कम गर्नुपर्छ ।
ब्रत
हप्तामा एक दिन ब्रत बस्नुपर्छ । यसले शरीरमा पैदा हुने क्यान्सर सेललाई पनि मार्छ । ब्रत बस्दा बोसो कम हुँदै जान्छ ।
ग्रीन–टी
ग्रीन–टी पिउँदा मेटाबोलिज्म बलियो हुन्छ । जसले प्राकृतिक रुपमै शरीरको तौल कम गर्छ ।