• मंसिर ११ २०८१, मंगलवार

रास्वपाका सांसदसहित १७ जना कार्यकर्ता पक्राउ

कार्तिक १३ २०८१, मंगलवार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि आन्दोलित रास्वपाका सांसद तथा कार्यकर्ताहरु बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिने  क्रममा गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्रीले जानकारी दिए । “शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,” उनले भनेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ता रहेका बुर्लाकोटीले बताए ।