• कार्तिक १३ २०८१, मंगलवार

काठमाडौँबाट उड्न लागेको एयर इन्डियाको विमानमा बम, विमान चेकजाँच थालियो

कार्तिक १२ २०८१, सोमबार

काठमाडौँ । काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले रातोपाटीलाई बताए ।

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी विकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् । विमानमा चेकजाँच भइरहेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु छ ।