• कार्तिक १२ २०८१, सोमबार

आजको शुसासन समितिको बैठकमा न्यायाधीश माथिका उजुरी खोल्ने कार्ययोजनाका बारेमा छलफल हुने

कार्तिक १२ २०८१, सोमबार

१२, काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिका बैठक आज बस्दै छन् । बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्नेछन् ।

बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजनामा छलफल हुनेछ ।

मध्याह्न सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।