• मंसिर ११ २०८१, मंगलवार

महिनावारीकमा कालो रगत बग्नुका कारण ?

कार्तिक ११ २०८१, आईतवार

खैरो वा कालो रंगको रगत देखिनु भनेको एकदमै पुरानो रगत गर्भाशयमा जम्मा भएको भन्ने बुझिन्छ ।

सामान्य भाषामा पाठेघरमा जमेर बसेको रगत बाहिर निस्किने रगत बाक्लो रातो वा कालो रंगको हुन्छ । यस्तै पाठेघरको पत्र पातलो भएमा, पोषणयुक्त खानाको कमी भएमा पनि यस्तो रगत निस्किन्छ । कतिपय अवस्थामा वंशाणुगत कारणले पनि यस्तो हुन्छ । जसलाई सामान्य मानिन्छ ।

तर यदि महिनावारी गडबड छ वा यस्तो रगत बारम्बार रगत देखा पर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

शरीरमा भएको हार्मोनमा आउने परिवर्तनको कारण महिनावारी हुन्छ । त्यस्तै महिनावारी हुनु भनेको एउटी महिला गर्भवती हुन तयार छ भन्ने संकेत पनि हो । योबेला पाठेघरभित्र भएका रगत बाहिर निकाल्ने प्राकृतिक नियमित प्रक्रिया हो ।