• कार्तिक १२ २०८१, सोमबार

तिहारका पाँच दिन कुन-कुन परिकार बनाएर खाने ?

कार्तिक १० २०८१, शनिबार

पाँच दिनसम्म मनाइने तिहारमा हामी विभिन्न देवी-देवतादेखि लिएर पशु-पंक्षीको समेत पुजा गर्छौं । तिहारका पाँच दिनको आफ्नै मूल्य-मान्यता र महत्व रहेको छ ।  यो पर्वले दिदी-भाई र दाजु-बहिनीको प्रेमलाई पनि दर्शाउने गर्छ । तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितिय तिथिका दिन मनाईने भाइटिकाले यी सम्बन्धलाई अझ सुमधुर बनाउन सहयोग गर्छ ।

तिहारमा लक्ष्मीको पुजा आरधना गर्ने मात्र नभएर सेलरोटीका साथमा विभिन्न मिठाईहरु पनि पकाएर चाख्ने गरिन्छ । यसो गर्नाले लक्ष्मी प्रसन्न हुनुको साथै तपाईको स्वाद दुई गुणा हुने विश्वास गरिन्छ । तिहारका पाँच दिन कुन-कुन परिकार बनाएर खान सकिन्छ  ?

धनतेरस

तिहारको पहिलो दिन काग तिहार अथवा धनतेरसका दिन दहि खानु लाभदायी हुन्छ । यो दिन घरमा आएका पहुनालाई र कन्यालाई दहि खान दिनु अति नै शुभ हुन्छ ।

कुकुर तिहार

तिहारको दोस्रो दिन कृष्ण चतुर्दशी अथवा कुकुर तिहार हो । यो दिन कुकुरलाई पुजा गरिन्छ । तिहारमा लक्ष्मी संग(संगै यमराजको पनि पुजा गरिने भएकोले कुकुरलाई यमराजको दुतको रुपमा पुजा गर्ने चलन प्राचिनकाल देखि नै चलिआएको छ । कुकुर पुजासंगै यो दिन पवनपुत्र हनुमानको पनि जन्म भएको दिन भएकाले हनुमान मन्दिरमा बुनियाँको लडडुको भोग लगाएर प्रसाद सेवन गर्नु पर्छ । घरमा बनेको बुनियाँको लड्डुलाई प्रसादको रुपमा भगवानलाई चढाउनु अति नै शुभ मानिन्छ ।

लक्ष्मी पूजाको दिन

तिहार विशेष दिन अर्थात लक्ष्मी पूजाको दिन कार्तिक कुष्ण औंशीमा हामी माता लक्ष्मीको पुजा आरधना गर्छौं । यो दिन प्रायः सबैले लक्ष्मीको ब्रत बस्ने र रातमा पूजा गर्छन् । यो दिन सबैको घर-घरमा सेल रोटिका साथ विभिन्न पकवान-मिठाईहरु पकाइन्छ र लक्ष्मीलाई भोग लगाइन्छ ।

यो दिन अर्थात लक्ष्मी पूजाको दिन अन्य परिकार संगै खिर पकाउनु पर्छ । प्रसादहरु मध्य माता लक्ष्मीलाई मखनाको खीर अत्यन्त मिठो लाग्ने भएकाले लक्ष्मी पूजाको दिन मखनाको खिन पकाएर भोग लगाउनु अति नै शुभ हुन्छ । माता लक्ष्मीलाई मखनाको खिर भोग लागए पछि परिवारको सदस्यले पनि सेवन गर्नु पर्छ ।

गोवर्द्धन पूजा

गोवर्द्धन पूजाको दिन गोरुको पुजा गरिन्छ । यो दिनमा पनि लक्ष्मी पूजा जस्तै विभिन्न किसिमको पकवान पकाइन्छ । अन्य पकवानसंगै चामलको सेलरोटी पनि पकाउनु पर्छ । चामलको सेलरोटी यो दिन भिन्दै महत्व रहेको छ । त्यसो त तिहारमा जाडो शुरु भैसकेको हुन्छ तातो तातो सेलरोटीले सबैलाई आकषिर्त गर्छ । त्यसैले सेलरोटीलाई प्रसाद चढाए पछि सबैले सेवन गर्नु राम्रो हुन्छ ।

भाइटिका

भाइटिकाको दिन दिदी(बहिनीले आफ्ना दाजु-भाइका लागि विभिन्न किसिमका परिकार बनाउने गर्छन् । दाजु-भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु अति नै राम्रो हुन्छ । यो दिन भाइटिका लगाउने, पुजा गर्ने, फुल माला लगाईदिने, विभिन्न पकवान र मिठाई, मसला र फलफुलहरु उपहार स्वरुप दिइन्छ । यस दिन चामलको परिकार बनाएर खानु र खुवाउनु अति नै शुभ मानिन्छ ।