• मंसिर १३ २०८१, बिहीबार

साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लियाे

कार्तिक ९ २०८१, शुक्रबार

काठमाडाैं ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । शुक्रबार प्रहरीले बजार क्षेत्रमा चेकिङ राखेर ध्वनी प्रदूषण गरेर गुड्ने मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

कार्यालयका अनुसार शुक्रबार १८ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिइएको हो । मोटरसाइकलको चर्को आवाजका कारण ध्वनी प्रदूषण भएको जनगुनासो आएपछि साइलेन्सर तथा अरू भाग परिवर्तन गरी आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

यसका लागि कार्यालयले कात्तिक ६ गतेदेखि छुट्टै चेकिङ समूह राखेको थियो । नियन्त्रणमा लिइएका माटरसाइकललाई थप कारबाही प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतमा पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।