• कार्तिक ९ २०८१, शुक्रबार

रुपन्देहीमा पनि रविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कार्तिक ८ २०८१, बिहीबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

हाल कास्कीको सूर्यदर्शन सहकारीमा भएको अपचलन प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका लाछिानेलाई बिहीबार जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीस्थित सुप्रिम सहकारीमा भएको अपचलन प्रकणमा लामिछानेसहित १२ जनाविरुद्ध पक्राउका लागि जिल्ला अदालत रुपन्देहीमा अनुमति मागेको थियो ।

त्यसपछि जिल्ला अदालतले १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  लामिछानेलाई जिल्ला अदालत कास्कीले बिहीबार मात्र थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।