• कार्तिक ७ २०८१, बुधबार

लाज पनि लजायो : प्रम ओलीले भने ‘भ्रष्टचारीहरुले सरकार ढाल्ने मोर्चा बनाए’

कार्तिक ७ २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध भ्रष्टहरूको मोर्चा बनेको बताएका छन् । बुधबार सिंहदरबारमा सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताए ।

‘सरकारले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन,’ उनले भने ।