• कार्तिक ७ २०८१, बुधबार

सहकारी ठगी काण्डमा छविलाल जोशीसित लिइयो साढे ७ घण्टा बयान

कार्तिक ६ २०८१, मंगलवार

कात्तिक ६ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसँग जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले बयान लिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका जोशीको नाम रूपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि जोडिएका कारण बयानका लागि यहाँ ल्याइएको थियो ।

संसदीय छानबिन समितिको सिफारिस तथा सहकारी पीडितहरूको उजुरीपछि जोशीलाई गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

जोशीलाई सोमबार अपराह्न सरकारी वकिलको कार्यालय भैरहवामा उपस्थित गराएपछि समय अभावका कारण मंगलबार बयान लिइएको हो ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले मंगलबार बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म जोशीसँग बयान लिइएको बताए ।
‘बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म उहाँसँग बयान लिएर सकिएको छ, अहिलेको लागि बयान लिने काम सकेर उहाँलाई फिर्ता पठाइएका छौं,’ पौडेलले भने ।

जोशीको बयान सकिएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको प्रहरीले जनाएको छ । यस्तै, उनलाई बुधबार पोखरा पठाइने जनाइएको छ । न्यायाधिवक्ता पौडेलका अनुसार जोशीलाई ५७ वटा प्रश्न सोधिएको थियो ।