• कार्तिक ६ २०८१, मंगलवार

कालो पोतोको घरेलु उपचार

कार्तिक ६ २०८१, मंगलवार

सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ ।

घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ चाया–पोतो बाहिरी उपचारले मात्र नजाने भएकाले यसको लागि तनाव नलिन, सकेसम्म घामबाट बच्न, पानी धेरै पिउनु पर्छ । त्यस्तै गरी ताजा फलफूल, सागसब्जी, सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोचाइले पनि यो समस्या न्यून हुने हुन्छ पूरा बाहुला भएको लुगा लगाउने, ह्याट वा क्याप लगाउने, मास्क लगाउने गर्दा पनि केही हदसम्म घामबाट बच्न सकिने हुन्छ । साथै घाममा हिँड्दा छाता ओढ्न बिर्सिनुहुँदैन । आजकाल घामबाट बच्ने किसिमको कपडा पनि पाइन्छ ।