• कार्तिक ६ २०८१, मंगलवार

मुटुरोग हुनबाट कसरी बच्ने ?

कार्तिक ६ २०८१, मंगलवार

अहिले अधिकांश मानिसमा मुटुरोगको समस्या देखिने गरेको छ । वृद्ध उमेरका मानिसमा मात्र नभई युवा र बालबालिकामा समेत हुने गर्दछ । मुटुरोग हुनबाट कसरी बच्ने उपाय:

१. दैनिक व्यायामदैनिक ४५ मिनेटसम्म व्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्नगई टाइप २ डाइबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ ।

२. तौल नियन्त्रण गर्नेमुटुरोग हुनबाट बच्न सबैभन्दा पहिले आफ्नो तौल उचाइ अनुसार कायम राख्न सक्नु पर्दछ । अत्यधिक मोटो भएमा मुटु रोगको सम्भावना हुन्छ ।

३. तनाव नियन्त्रणमुटुरोग हुनबाट बच्न तनाव नियन्त्रण गर्नु सबैभन्दा बढी आवश्यक छ । तनावले मुटुरोग बढाउने गर्दछ ।

४. नुनको सेवनअत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्दछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नु पर्दछ ।

५. मदिरा सेवनअत्यधिक मदिरा पिउँदा उच्च रक्तचापको समस्या तथा डाइलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या हुनसक्छ । त्यसैले मदिरा सेवन नगर्नु पनि मुटुरोगबाट बच्ने उपाय हो ।

६. माछाको सेवनसातामा तीनपटकसम्म खानामा माछाको सेवन गरेमा मुटुको रोग लागिसकेका व्यक्तिमा समेत लाभ मिल्दछ । प्राकृतिक रुपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

७. भिटामिनको सेवनभिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सी, भिटामिन ई आदिको उपभोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।

८. तरकारीगाढा हरियो रंगका सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोयालगायतका तरकारी र फलफूल दैनिक तीन पटकसम्म खानुपर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

९. लसुनदुई–तीन केस्रा लसुन काचो वा तेलमा हल्का भुटेर सेवन गरे ट्राइग्लिसराइड नियन्त्रण गर्दछ ।

१०. शाकाहारी भोजनशाकाहारी आहार मात्र सेवन गर्नेहरुमा हृदयाघातको समस्या कम हुन्छ ।