• कार्तिक ५ २०८१, सोमबार

ओलीले दलहरु फुटाउन खोजेपछि देउवा–गगन छलफलमा, माधव नेपाल चिन्तामा

कार्तिक ५ २०८१, सोमबार

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच भेटघाट हुँदैछ । प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि देउवासँग महामन्त्री थापाले छलफल गर्न लागेका हुन् ।

अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले देउवासँग तारनतार ताकेता गर्दै आएका छन् । यसै विषयमा छलफल गर्न ओलीले आइतबार देउवालाई बालुवाटार बोलाएका थिए । तर अध्यादेश ल्याउने विषयमा देउवा मौन रहेको बुझिएको छ ।

सुरुमा ओली र देउवाबिच छलफल भएको थियो । पछि एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेल, कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू बालुवाटार पुगेका थिए । अध्यादेश ल्याउने विषयमा कांग्रेसभित्र मतभेद रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले ओलीलाई अध्यादेश रोक्न आग्रह गर्दै आएका छन् । आज साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सायद आजै अध्यादेश पेस हुनसक्ने एक मन्त्रीले बताएका छन् । याे अध्यादेशले माधव नेपालकाे दलमा विभाजन ल्याउन सजिलाे हुनेछ । केपी अध्यादेश ल्याइ माधव नेपालकाे दल विभाजन गरी माधवका नेता एमालेमा तान्ने खेलमा छन् ।