• कार्तिक ५ २०८१, सोमबार

रवि लामिछाने विरुद्धको बहस सकियो, म्याद थप बारे आजै निर्णय हुने

कार्तिक ४ २०८१, आईतवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।

केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ । प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत् म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।