• कार्तिक ५ २०८१, सोमबार

छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगि सम्बन्धि कारवाही थालिएको हो : मन्त्री गुरुङ

कार्तिक ४ २०८१, आईतवार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले समितिले बुझाएको प्रतिवेदनमाथि सुरुवाती कारबाही सुरु गरेको बताएका हुन् ।

मन्त्री गुरुङले समितिको प्रतिवेदनले कारबाही गर्न भनेका व्यक्तिहरूलाई पक्राउ गरिएको बताए । मन्त्री गुरुङले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए । उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा काम सम्पन्न गरेको बताए ।