• कार्तिक ३ २०८१, शनिबार

मणिष झाको प्रश्न, सबै सहकारीको ८७ अर्ब रकम खोज्नुपर्नेमा रविलाई मात्र किन लखेटेको ?

कार्तिक ३ २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् ।

शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन् । रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए । उनले पढेलेखेका मान्छे राजनीतिमा आउँदा गगन थापाहरु आत्तिएको बताए ।

झाले रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध र कुण्ठामात्रै रहेको समेत बताए । सरकारको उद्धेश्य सहकारी समस्या समाधान गर्ने पनि नरहेको उनको आरोप छ ।

सहकारी समस्या समाधान गर्न प्रतिवेदनले भनेको ४० वटा सहकारीको ८७ अर्बको कुरा हुनुपर्नेमा रविको मात्र कुरा उठाएर सरकारले रविप्रति रिसइवी साँधेको झाको आरोप छ ।