• कार्तिक ३ २०८१, शनिबार

रवि लामिछाने पक्रउ विरुद्ध रास्वपा कार्यकताद्वारा पोखरामा विरोध प्रदर्शन

कार्तिक ३ २०८१, शनिबार

३ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन भएको छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन् ।