• कार्तिक ३ २०८१, शनिबार

यस्तो छ रविलाई पक्राउ गर्न आदेश गरिएको पक्राउ पुर्जी

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन भन्दै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई पत्र पठाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई सम्बोधन गर्दै लेखिएको पत्रमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित लामिछानेलाई पक्राउ गरी पठाउन आग्रह गरिएको छ ।