२ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।
आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा दाहालले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको दाहालले सुनाए ।
‘एकदुई दिनमा सामात्न सक्छ भन्ने उहाँको विश्लेषण थियो’, बैठकमा सहभागी एक नेताले बताए ।