• मंसिर १३ २०८१, बिहीबार

गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरको टोली किन त्यसै फर्कियो ?

आश्विन २९ २०८१, मंगलवार

२९ असोज । गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ । महानगरले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेर धर्मशाला सञ्चालन तथा व्यवस्थापनका लागि शान्ति सुरक्षासहित सहयोग माग गरेको थियो । लगत्तै नगर प्रहरीको टोली बोर्ड लिएर धर्मशालामा पुगेको थियो ।

तर माडवारी सेवा समितिका पदाधिकारीहरुले अघिल्लो पटक झैं यसपटक पनि विरोध गरे । स्थानीय प्रशासनले पनि सहमतिमै निकास खोज्न आग्रह गरेपछि नगर प्रहरी बोर्ड नराखी फर्किएको छ ।