• मंसिर १३ २०८१, बिहीबार

दशैंको दिन डम्बरबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरे

आश्विन २६ २०८१, शनिबार

सुदूरपश्चिम, २६ असोज । कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।