• मंसिर १३ २०८१, बिहीबार

 आज असोज २५ गते शुक्रबार: यस्तो छ तपाईंको राशिफल

आश्विन २५ २०८१, शुक्रबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा व्यवधान आइपर्ला र स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ । -हाम्रो पात्रो