• मंसिर १२ २०८१, बुधबार

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

आश्विन २४ २०८१, बिहीबार

२४ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ ।

यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।