• मंसिर १३ २०८१, बिहीबार

तेल ट्यांकरमा ३९२ किलो गाँजा भेटियो, दुई जना पक्राउ

आश्विन २२ २०८१, मंगलवार

२२ असोज, हेटौंडा। त्रिभुवन राजपथ हुँदै पालुङबाट वीरगञ्ज गइरहेको ना ७ ख १७७१ नम्बरको तेल ट्यांकरमा ३९२ किलो लागूऔषध गाँजा भेटिएको छ । आज मंगलबार बिहान सवा ३ बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पुर्व पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुई जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले ट्यांकर चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे घर भएका २६ वर्षीय रोशन पुरी र सहचालक ज्यामिरे बस्ने २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।ट्याङकरको पाँच वटा डिब्बामध्ये ३ नम्बर को डिब्बाभित्र २५ वटा पोका बनाएर गाँजा राखिएको अवस्थामा फेला पारिएको डिएसपी अर्यालले बताए । मकवानपुरबाट लागूऔषध गाँजा भारत तस्करी हुँदै आएको छ । जिल्लाका विकट क्षेत्रमा गाँजा उत्पादन हुने गरेका छन्। प्रहरीले हरेक वर्ष गाँजा खेती नष्ट गर्ने अभियान चलाउँदै आए पनि यसको उत्पादन र ओसारपसारमा कमि भएको पाईंदैन ।